पाल्पामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, केही स्थानमा निर्वाचन कर्मचारी झुक्किए

0 1,737

पाल्पा । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भयो । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले सहभागिता जनाएका छन् ।

दुई स्थानमा कर्मचारी झुक्किए
पाल्पाका २ स्थानका मतदान केन्द्रमा खटिएका कर्मचारी झुक्किएका छन् । तानसेनको जनप्रिय मावि बर्तुङ्गको केन्द्रमा र दमकडाको –ग) मतदान स्थलमा मतपेटिकमा मत पत्र राख्दा फरक परेकाले पुनः मतदान गरिएको छ । जनप्रिय माविको ५५ वटा मतपत्र अर्कोमा खसालेपछि बिवाद भएको थियो । यस्तै दमकडा मतदान केन्द्रमा समेत ५८ मत अर्को बाकसमा खसेपछि समस्या भएको थियो । समस्या भएका दुबै स्थानमा सर्वदीय समझदारी पछि मतदान भएको निर्वाचन भएको अधिकृत कमलराज विष्टले बताउनुभयो ।

Comments
Loading...