पाल्पामा निषेधाज्ञा जेठ ४ गतेसम्मलाई थप

0 401

पाल्पा । कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा जारी निषेधाज्ञा आगामी जेठ ४ गतेसम्म लम्बिएको छ । बैशाख २३ गते बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्मका पु¥याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा फैलिरहेको छ । संक्रमणलाई नियन्त्रयण गर्न निषेधाज्ञाको समयावधि बढाईएको उनले बताए । दैनिक सङक्रमितहरुको संख्या थपिँदै जाँदा थप सतर्कता आवश्यक रहेको ठहर गर्दै थप निषेधाज्ञा लम्बाईएको उनले बताए ।

Comments
Loading...