पाल्पामा निषेधाज्ञा पुनः १ हप्ता थपियो, के गर्न पाइन्छ के गर्न पाइदैन पुरै पढौं ।

0 994

पाल्पा । पाल्पामा निषेधाज्ञाको समय पुनः १ हपता थप भएको छ । शुक्रवार वसेको सिसिएमसिको वैठकले आउदो भदौ १९ गते राती १२ वजेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

निषेधाज्ञाका क्रममा एम्बुलेन्स शव बहान, खाद्य सामाग्री बाहक सवारी साधन, औषधी बोकेको सवारी साधन, कुखुराको चल्ला पशुपक्षीको दाना बोकेको सवारी साधन, पानी, दुध, पेट्रोल ट्यांकर फलफुल, तथा तरकारी बोकेको सवारी साधन, झण्डाबाहक र कुटनितिक नियोगको सवारी साधन चल्नेछन् । त्यस्तै सार्वजनिक सवारी साधन र नीजि सवारी साधन चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

त्यस्तै अत्यावश्यक सरकारी सेवा, स्वास्थ्य सुरक्षा, संचार, बिद्युत खानेपानी र एटिएम मेसिनहरु चल्नेछन । अत्याबश्यक बाहेकका नियमित सेवा, बैंक तथा बित्तिय संस्था, सामाजिक संघ संस्थाका कार्यहरु संचालन गर्न नपाइने उनले बताए । त्यस्तै औषधी तथा औषधीजनय पसल, खाद्यन्न सम्बन्धी पसल, फलफुल तरकारी दुध पसल बिहान ७ बजेदेखि ११ बजेसम्म र पेट्रोल पम्प सञ्चालन हुनेछन् । त्यस्तै होटल तथा रेष्टुरेन्ट, ब्यटिपार्लर, कपडा पसल, शैलुन, जिमखाना, हार्डवेयर पसल, टेलरिङ, फुटपाथ पसल र उद्योग कलकारखाना संचालन गर्न नपाइने उनले बताए ।

यसैगरी एम्वुलेन्समा सहचालक वाहेक विरामी र एकजना कुरुवा, ढुवानी साधनमा चालक र सहचालक मात्र रहने र यस्ता सवारी साधनहरु गन्तब्यमा पुगेर माात्र रोकिने ब्यवस्था गरिएको छ । अत्यावश्यक कार्यमा लागि घर वाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्न समेत अनुरोध गरिएको छ ।

Comments
Loading...