पाल्पामा पिसिआर मेसिन राख्न १ करोड निकासा

0 332

पाल्पा । पाल्पामा पिसिआर मेसिन खरिदका लागि पाल्पा जिल्ला अस्पताललाई १ करोड रुपैयाँ निकासा भएको छ ।

पाल्पा जिल्ला अस्पतालले नै पिसिआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो । कोरोना संक्रमण , रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको बैठकले पाल्पा जिल्ला अस्पतालको नाममा १ करोड रुपैयाँ निकासा दिएको पूर्वमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेयले बताए ।

अहिले पाल्पा जिल्ला अस्तालकोको समन्वयमा तानसेनको तानसेन काजीपौवामा मेसिन राख्ने भवनको मर्मत तथा कोठाहरुको ब्यवस्थापन कार्य चलिरहेको छ ।

Comments
Loading...