पाल्पामा पुनः १४ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ४८ पुग्यो

0 167

पाल्पा । बुधवार पाल्पामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै यहाँ संक्रमितको संख्या २ सय ४८ पुगेको छ । यीमध्ये ७ जना निको भएर घर फर्किइसकेका छन् ।


यस अघि , पूर्वखोला गाउँपालिकामा १सय २९ जना, माथागढी गाउँपालिकामा २७ जना रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा २८ जना, तिनाउँ गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, निस्दी गाउँपालिकामा २ जना र रामपुर नगरपालिकामा १६ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् ।


यसअघि पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची र २ जना गुल्मी जिल्लाका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी गराए ।

यस अघि आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये कोरोना संक्रमणबाट रामपुरका २, पूूर्वखोलका १, रैनादेवी छहराका २ जना निस्दी गाउँपालिकाका १ जना र गुल्मीका १ जना रहेका

Comments
Loading...