पाल्पामा पुनः ७७ जना संक्रमित थपिए, संक्रमित संख्या ४ सय ४६ पुग्यो

0 672

पाल्पा । पाल्पामा दैनिक कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार यहाँ ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।


हालसम्म जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । शुक्रवार थपिएका ७२ जना पुरुष र ५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । शुक्रवार रामपुर नगरपालिका मात्रै ७५ जनामा कोरोना संक्रमण पुष्टि छ । यस्तै तानसेन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको उनले बताए । भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो । उनीहरू सबैको अवस्था सामान्य रहेको उनले बताए ।


रामपुरमा देखिएका सबै संक्रमित भारतबाट आएका हुन् र उनीहरु हाल क्वारेन्टाइनमै रहेका छन् ।

Comments
Loading...