पाल्पामा बावुले स्याललाई हानेको बन्दुकको छर्रा लागेर छोराको मृत्यु

0 1,126

पाल्पा । पाल्पामा बाबुले मकैबारीम आएको स्याललाई ताकेर हानेको बन्दुकको छर्रा लागेर छोराको मृत्यु भएको छ ।
बन्दुकको छर्रा लागेर रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेस्थित तल्लोताल ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।

५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकैबारीमा आएको स्याललाई हानेका थिए । स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा छोरालाई लागेको उनले बताए । घटनाका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...