पाल्पामा बिहीबार १० जना कोरोना संक्रमणमुक्त

0 473

पाल्पा । पाल्पामा बिहीवार १० जना ब्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । यसरी निको भएकाहरुमा रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका ३ जना, तानसेन नगरपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, अस्पताल तथा अन्य जिल्लाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेकोसंख्या ७ सय ४२ पुगेको छ । पाल्पामा हालसम्म ८ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पामा हाल १ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments
Loading...