पाल्पामा बिहीवार थप ४४ जनामा कोरोना पुष्टि

0 448

पाल्पा । पाल्पामा बिहीबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसरी थपिएकाहरुमा २४ महिला र २० पुरुष रहेका छन् ।

२९ जनाको पीसीआर परीक्षण गर्दा ९ जना र १ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यसरी थपिएकाहरुमा तानसेन नगरपालिकाका ९, रामपुर नगरपालिकाका २०, बगनासकालीका ८, रिब्दीकोटका २ तथा रम्भा, पूर्वखोला, रैनादेवी छहरा, तिनाउ र निस्दी गाउँपालिकाका १ । १ जना रहेका छन् ।

यसैगरी पाल्पाका थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पाल्पामा अहिले ५ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Comments
Loading...