पाल्पामा बिहीवार पुनः थपिए ६ जना कोरोना संक्रमित

0 833

पाल्पा । पाल्पामा बिहीबार पुनः ६ जना कोरोना संक्रमित थपिएका छन् । माथागढी गाउँपालिकाका १ जना महिला र १ जना पुरुष, रिब्दीकोट २ जना पुरुष र तानसेनका २ जना महिलामा कोरोना संक्रमित भएको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७४९ पुगेको छ । संक्रमितमध्ये ६७७ जना निको भएर घरमा फर्किएका छन् । हाल ६८ जना सक्रिय संक्रमित रहेको उनले बताए ।  पाल्पामा हालसम्म १५४ जना समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पाल्पामा हालसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Comments
Loading...