पाल्पामा बिहीवार ५९ जना कोरोना संक्रमित थपिए

0 431

पाल्पा । पाल्पामा विहीवार ५९ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परीक्षणमा ५० जना र पिसिआर परीक्षणमा ९ जना गरी ५९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

उनका अनुसार ५५ जनाको पिसिआर र २ सय ४७ जनाको एन्टिजेन गरी ३ सय २ जनाको परीक्षण गर्दा ५९ जना संक्रमित थपिएका हुन् ।

योसँगै पाल्पाका सक्रिय संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३ सय ६१ जना होम आइसोलेशनमा, १९ जना एचडियूमा, २१ जना आइसोलेशन सेन्टरहरुमा रहेको उनले बताए । त्यस्तै विहीवार  ७८ जना संक्रमित निको भएका छन् । ३८ जना महिला र ४० जना पुरुष गरी थप ७८ जना निको भएको उनले बताए ।

Comments
Loading...