पाल्पामा बुधवार ६१ जना संक्रमित थपिए, १ सय २ जना निको

0 236

पाल्पा । पाल्पामा बुधवार ६१ जनामा कोरोना पुष्टि भएको छ । बुधवार नै १ सय २ जना कोरोना मुक्त भएका छन् । पिसिआरबाट ६ तथा एन्टिजेनबाट ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यसरी थपिएकाहरुमा रामपुरका ५, रैनादेवी छहराका ४, रम्भाका २, बगनासकालीका २, रिब्दीकोटका १, निस्दीका ३७, तानसेन नपा तथा अस्पतालहरु ९ गरी कुल ६१ जना रहेका छन् ।

पाल्पामा अहिले १ हजार ७४ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोनाकै कारण ९३ जनाको कोरोनाको कारण निधन भएको उनले बताए । बुधवार थप तीन जनाको कोरोनाको कारण निधन भएको कार्यालयले जनाएको छ ।

Comments
Loading...