पाल्पामा बैशाख १७ गते रातिबाट निषेधाज्ञा, के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

0 3,976

पाल्पा । पाल्पामा पनि बैशाख १७ गते राति १२ बजेबाट एक हप्ते निषेधाज्ञा जारी गरिएको छ । बैशाख १५ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्ट सहित संक्रमितको संख्या वृद्धि भएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको उनले बताए । निषेधाज्ञा लागु गर्ने संगै (डिसिसिएमसि) को बैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ ।

निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्याश्यक काम बाहेक घर बाहिर निस्किन पाइने छैन । भिडभाड हुने खालको पम्पूर्ण गतिविधि सञ्चालनमा निषेध गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, अत्यनवश्यक खाद्य सामाग्री, तथा पशुपंक्षिका दाना, दुध फलफुल, तरकारी, मासु, पानी ग्यास, पोट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, औद्योगिक कच्चा पदार्थ बोकेका साधन, चिकित्सक तथा स्वस्थ्य कर्मीले ड्युटी जान आउन प्रयोग गर्ने सवारी, औषधी बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सवारी, प्रेस पास र परिचय पत्र बाहक सञ्चारकर्मीहरु बाहेकका निजि तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ । तर जिल्ला भएर अन्य जिल्लामा जाने सवारीहरुलाई भने यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न दिईने उनले बताए ।

निषेधाज्ञाको समयमा औषधी पसलहरु २४ सै घण्टा संचालन हुनेछ । अत्यावश्यक दैनिक उपभोग्य खाद्यसामाग्रीहरु दूध, फलफुल, तरकारी, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीका पसलहरु दिनमा एक पटक विहान ६ बजे देखि १० बजे सम्म सञ्चालन गर्न पाउने छ । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लव, जिमखाना, शैलुन तथा व्युटी पार्लर, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ, पसलहरु बन्द रहने प्रजिअ पाण्डेले बताए ।

सो अवधिमा होटेल तथा रेष्टुरेण्टले विहान ६ बजे बाट १० बजे सम्म मात्र टेक अवे सेवा सञ्चालन गर्न सक्नेछन् । स्वास्थ्य सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेवा बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुने बताइएको छ ।

Comments
Loading...