पाल्पामा भिक्षा माग्दै हिड्ने जोगीले सुनको सिक्री चोरेपछि…

0 1,911

पाल्पा । रामपुर नगरपालिका–४ देवीस्थानकी ५० वर्षीया पूर्ना फालको सिक्री चोरेको आरोपमा प्रहरीले भिक्षा माग्न घरघरमा डुल्ने दुई जोगीलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश जिल्ला श्रावस्ती पोष्ट चमरपुरवाका ३६ वर्षीय रामनरेश हरिजन र ४३ वर्षीय लड्डन हरिजनलाई सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो । उनीहरूले फालको घरैबाट सिक्री चोरेर भागेका थिए । उहाँले नुहाउने क्रममा घरको च्यानल गेटमा रहेको ताल्चा झुण्डाउने कुन्डीमा सिक्री झुण्डाएर राखेको अवस्थामा ती आरोपीले चोरेर भागेको बताइएको छ । गत बुधबार दिउँसो साढे १२ बजे सिक्री चोरेर भागेका उनीहरूलाई रामपुरबाटै पक्राउ गरिएको हो ।

Comments
Loading...