पाल्पामा भुकम्पपछिको पुनर्निर्माणको काम कति सकियो ?

0 218

पाल्पा । २०७२ सालको वैशाख १२ गते नेपालमा आएको शक्तिशाली भूकम्पका पाल्पामा ब्यक्तिका घर तथा सरकारी सम्पत्तिहरुमा क्षति पु्ग्यो । भुकम्पका कारण पाल्पामा मानवीय क्षति नभएपनि भौतिक क्षति भने धेरै भयो ।
ब्यक्तिगत आवासतर्फ
भुकम्पका कारण पाल्पामा ५ हजार ७ सय ४२ वटा घरमा पुर्ण आंशिक क्षति पुग्यो । जसमध्ये ४ हजार ९ सय २८ घरमा पुर्ण रुपमा क्षति भएको थियो । ८ सय १४ घरमा आंशिक क्षति भएको थियो ।

सरकारले भुकम्प लगत्तै ब्यक्तिगत घर निर्माणका लागि पुर्ण क्षति भएका घरहरुका लागि ३ किस्तामा गरि प्रति घर ३ लाख रुपैयाँ र आंशिक क्षति भएका घरहरुका दुई किस्तामा गरि १ लाख रुपैयाँ अन्ुदान उपलब्ध गराउने निर्णय गरेको थियो । जसअन्र्तगत पुर्ण क्षति भएका ४ हजार ९ सय २८ लाभग्राही मध्ये जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयमा ४ हजार ४ सय १२ घरधनीले नयाँ घर निर्माणका लागि सम्झौता गरेको कार्यालयका कम्प्युटर अपरेटर बिष्णु पाण्डेले बताए ।

पुर्ण क्षति भएका मध्ये ४ हजार ४ सय ६ घरले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लगेका छन
। त्यस्तै ३ हजार २ सय ५५ घरले दोस्रो किस्ता थप १ लाख ५० हजार लगेका छन् । पुर्ण क्षति भएका मध्ये घर पुर्ननिर्माण कार्य सम्पन्न गरि २ हजार ७ सय ४ घरले थप ५० हजार तेस्रो किस्ता गरि प्रतिघर जम्मा ३ लाख रुपैयाँ अनुदान लिएको उनले बताए ।

त्यस्तै आंशिक तर्फ ८ सय १४ घर लाभग्राहीको रुपमा रहेकोमा ४ सय २३ घरले कार्यालयमा सम्झौता गरेका छन् । जसमध्ये ४ सय १७ घरले पहिलो किस्ता ५० हजार र १ घरले मात्रै घर प्रवलीकरण गरि अन्तिम किस्ता ५० हजार समेत गरि १ लाख रुपैयाँ अनुदान लिएको उनले बताए ।

त्यस्तै यसअघि आंशिक रुपमा रहेकोमा घर पुर्ण रुपमा भत्काएर बनाउनुपर्ने अवस्था रहेका थप ८४ घरलाई प्राविधिकको सिफारिसमा पुर्ण क्षतिमा राखिएको र जसमध्ये ८४ घरले नै पहिलो किस्ताको ५० हजार, ४९ घरले दोस्रो किस्ता थप १ लाख ५० हजार र ३३ घरले घर सम्पन्न गरि थप ५० हजार गरि ३ लाख रुपैयाँ अनुदान लिएको उनले बताए ।

शिक्षा क्षेत्र बिद्यालय तर्फ
पाल्पा जिल्ला भुकम्पका कारण पुर्ण आंशिक गरि जम्मा २ सय ६ वटा बिद्यालयमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका सुचना अधिकारी गुन बहादुर मल्लले बताए । जसमध्ये १ सय ६ वटा बिद्यालयका ३ सय १६ कोठाको निर्माण कार्य सम्पन्न भएको उनले बताए । जसमध्ये २ कोठे भवन ४५ वटा बिद्यालयमा, ३ कोठे भवन १८ वटा बिद्यालयमा, ४ कोठे भवन ४३ वटा बिद्यालयमा निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

त्यस्तै ८३ वटा बिद्यालयमा २ सय ८९ कोठाको निर्माण कार्य चलिरहेको उनले बताए । जसमध्ये २ कोठे भवन १९ वटा बिद्यालयमा, ३ कोठे भवन ५ वटा बिद्यालयमा र ४ कोठे भवन ५९ वटा बिद्यालयमा पुर्ननिर्माणको काम चलिरहेको र अधिकांश बिद्यालय भवनको निर्माण कार्य ७५ प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए ।

सरकारी भवन तथा स्वास्थ्य चौकी
पाल्पामा भुकम्पका कारण सरकारी भवनहरुमा खास क्षति भएन । स्वास्थ्य चौकी तर्फ बगनासकाली गाउँपालिकाको स्वास्थ्य चौकीमा क्षति भएकोमा नयाँ भवन निर्माण कार्य सम्पन्न भई २०७७ फागुन महिनाबाट नयाँ स्वास्थ्य चौकी मार्फत सेवा प्रवाह समेत सुरु भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवन कार्यालयले जनाएको छ । भुकम्पका कारण पाल्पा कारागारको पुरुष बन्दी गृहको पुरानो भवनमा क्षति भएको थियो । गत बर्ष सोही स्थानमा नयाँ भवन निर्माण गरि बन्दीहरु नयाँ भवनमा बस्न थालेका छन् । इन्सेक अनलाइनको सहयोगमा

Comments
Loading...