पाल्पामा मंगलबार थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १४ पुग्यो

0 1,017

चुरामणी तिमिल्सिना । पाल्पा

कोरोना परीक्षणको दायरा बढाएसँगै पाल्पामा कोरोनो संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ मंगरबार मात्रै थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पाल्पामा मात्रै संक्रमितको संख्या ५ सय १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पनथीले बताए ।

थप भएका संक्रमितमध्ये ३८ जना पुरुष र ३ महिला छन् । यी मध्ये रामपुर नगरपालिकाका १, पूर्वखोला गाउँपालिकाका १०, रैनादेवी छहरा गाउँपालिकाका १३ र रम्भा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि उनले बताए ।
जिल्लामा अहिलेसम्म १८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

Comments
Loading...