पाल्पामा मंगलबार ५६ जना संक्रमित थपिए

0 445

पाल्पा । पाल्पामा मंगलबार पुन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनामा र २४ जना एन्टिजेन परीक्षण गरिएकोमा१४ जना गरी ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पाल्पामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्ये ५३५ जना होम आइसोलेसन र २९ जना अस्पतालमा अपचाररत रहेको उनले बताए ।

Comments
Loading...