पाल्पामा मतगणना सुरु

0 635

पाल्पा । जिल्लाका अधिकांश पालिकाहरुमा मतगणना सुरु भएको छ । पुर्वखोला, रम्भा, बगनासकाली, रामपुर, माथागढीमा गणना सुरु भएको छ । अन्य पालिकाहरुको पनि १० बजे लगत्तै गणना सुरु हुने बताइएको छ ।

पाल्पामा स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।
१ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।

पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । दश स्थानीय तह रहेको पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेको थियो ।

Comments
Loading...