पाल्पामा मलामी छोडेर फर्कदै गरेको जीप दुर्घटना, २ जना घाइते

0 4,926

पाल्पा । पाल्पामा मलामी छाडेर फर्कदै गरेको जीप दुर्घटनामा परेको छ । रम्भा गाउँपालिका वडा नं. २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छोडेर फर्कदै गरेको लु १ ज २१६३ नं.को जिप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि दुई जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेमा जीपका चालक रम्भा गाउँपालिका वडा नं. २ का ४५ वर्षीय खुम बहादुर सुनारी र सहचालक सोही स्थानका ३४ वर्षीय दिप बहादुर सिंजाली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ । उक्त जीप अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Comments
Loading...