पाल्पामा मिनि ट्रक दुर्घटना, १ जनाको ज्यान गयो

0 680

पाल्पा । बिहीवार बिहान पाल्पाको रामपुरमा मिनि ट्रक दुर्घटना हुँँदा १ जनाको निधन भएको छ ।

रामपुर नगरपालिका ४ सिताकुण्ड ठाटि स्थित आर्यभन्ज्याङ रामपुर पक्की सडक खण्डमा हेटौडाबाट रामपुर तर्फ निर्माण सामाग्री (जाली ) बोकि आउदै गरेको प्रदेश ३००१ अ यो००७१ न.को मिनि ट्रक ओरालो बाटोमा अनियन्त्रि भई बाटो देखि अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि उक्त मिनि ट्रकमा सवार सर्लाही बागमति न.पा.६ का ३० वर्षीय सन्तोष गहतराजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि सोही ठाउँका १६ वर्षीय राहुल बिक घाइते भएको र उनको स्थानीय रामपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...