पाल्पामा मोटरसाइकल दुर्घटना, चालक ज्ञवालीको निधन

0 13,282

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना शनिवार बिहान ११ बजेतिर भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४ का ४३ वर्षीय अनिल ज्ञवाली सामान्य घाइते भएका छन् । सामान्य घाइते रहेका उनी उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन गिरीले बताए ।

Comments
Loading...