पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0 5,320

पाल्पा । पाल्पामा भएको मोटर साइकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–९, दमकडामा गएराति ११ः ३० बजेको समयमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिकाको कसेनी सराईबाट बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेका तिनाउ गाउँपालिका–५, मस्यामका रास्कोटी गम्भीर घाइते हुनुभएको र उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय जनक राना घाइते हुुुनुभएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comments
Loading...