पाल्पामा शनिवार २८ जना कोरोना संक्रमित थपिए

0 414

पाल्पा । पाल्पामा थप २८ जनामा कोरोना पुष्टि भएको छ । शनिवार पाल्पा अस्पतालको ल्यावमा गरिएको कोरोना परीक्षणमा १९ जना पुरुष र ९ जना महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८७ पुगेको छ । यस्तै पाल्पामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप २० जनामा कोरिना पोजेटिभ देखिएको छ । अहिलेसम्म अस्पतालमा २३ जना, होम आइसोलेशनमा ३७५ गरी कुल ३ सय ९८ जना सक्रिय संक्रमितहरु रहेको छन् ।

Comments
Loading...