पाल्पामा समुदाय स्तरमा कोरोना फैलिदो, मंगलबार १३ जना थपिए

0 1,120

पाल्पा । पाल्पामा मंगलवार थप १३ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमित मध्ये रिब्दीकोट गाउँपालिकाका ११ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना र रामपुर नगरपालिकाका १ जना गरि १३ जनामा कोरारेना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन श्रीकृष्ण भट्टराइले बताए । यसरी संक्रमित हुनेमा ११ जना पुरुरष र २ जना महिला रहेका छन् ।

पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना संक्रमण फेलिदै गएको छ । सोमवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै समुदाय स्तरमा १ सय २४ जना समुदाय स्तरका ब्यक्ति संक्रमित भएका छन् ।
पाल्पामा हालसम्म ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । हालसम्म ५ सय ८८ जनाले कोरोना जितेका छन् भने कोरोनाकै कारण ४ जनाको निधन भएको छ ।

Comments
Loading...