पाल्पामा समुदाय स्तरमा कोरोना फैलिए नफैलिएको बारे पत्ता लगाउन १ सय १८ जनाको स्वाब संकलन

0 408

पाल्पा । पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन १ सय १८ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

जस अन्र्तगत जिल्ला स्थित व्यापारी, पत्रकार तथा मानिसहरुको भिड बढी हुने कार्यालयका कर्मचारी, प्रत्येक बैँकका एक,एक जना कर्मचारी र औषधी व्यवसायीहरू गरि १ सय १८ जनाको स्वाव संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिश्वनाथ न्यौपानेले बताए । यसरी पठाइएको नमुनाको रिपोर्ट ४ दिनपछि आउने उनले बताए ।

कोरोना समुदायमा फैलिन सक्ने सम्भावना रहेको भन्दै पाल्पास्थित सीसीएमसीको बैठकले १ सय १८ जनाको पीसीआर गर्ने निर्णय गरेको थियो । pic. google

Comments
Loading...