पाल्पामा सुरु भयो एक हप्ते निषेधाज्ञा, के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

0 741

पाल्पा । पाल्पामा पनि बैशाख १७ गते राति १२ बजेबाट एक हप्ते निषेधाज्ञा सुरु भएको छ । बैशाख १५ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकको निर्णय अनुसार निषेधाज्ञा सुरु भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्याश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्किन निषेध गरिएको छ । यो अवधिमा भिडभाड हुने खालको पम्पूर्ण गतिविधि सञ्चालनमा निषेध गरिएको उनले बताए ।

त्यस्तै सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, अत्यनवश्यक खाद्य सामाग्री, तथा पशुपंक्षिका दाना, दुध फलफुल, तरकारी, मासु, पानी ग्यास, पोट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, औद्योगिक कच्चा पदार्थ बोकेका साधन, चिकित्सक तथा स्वस्थ्य कर्मीले ड्युटी जान आउन प्रयोग गर्ने सवारी, औषधी बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सवारी, प्रेस पास र परिचय पत्र बाहक सञ्चारकर्मीहरु बाहेकका सबै निजि तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको उनले बताए ।

निषेधाज्ञाको समयमा औषधी पसलहरु २४ सै घण्टा संचालन भएका छन् । अत्यावश्यक दैनिक उपभोग्य खाद्यसामाग्रीहरु दूध, फलफुल, तरकारी, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीका पसलहरु दिनमा एक पटक विहान ६ बजे देखि १० बजे सम्म सञ्चालन गर्न पाउने छ । सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लव, जिमखाना, शैलुन तथा व्युटी पार्लर, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ, पसलहरु बन्द रहने प्रजिअ पाण्डेले बताए ।

सो अवधिमा होटेल तथा रेष्टुरेण्टले विहान ६ बजे बाट १० बजे सम्म मात्र टेक अवे सेवा सञ्चालन गर्न सक्नेछन् । स्वास्थ्य सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेवा बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवा बन्द हुनेछ ।

Comments
Loading...