पाल्पामा २ लाख बढी मतदाता, कति प्रतिशत खस्ला त मत ?

0 1,621

पाल्पामा २ लाख १ हजार ३२६ मतदाता रहेका छन् । पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका सदस्यतका लागि ९६ हजार ३३ जना मतदाताले मतदान गर्न पाउनेछन् । यस्तै क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि १ लाख ५ हजार २९२ मतदाताले भाग लिन पाउनेछन् ।

प्रदेशसभा १(१)मा ४९ हजार २५१, प्रदेशसभा १(२)मा ४६ हजार ७८२ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताउनुभयो । यस्तै प्रदेशसभातर्फ २(१)मा ५६ हजार १२० र २(२)मा ४९ हजार १७३ मतदाताले भाग लिन पाउने अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगले २०७९ मंसीर ३ गतेसम्ममा १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । २ लाख १ हजार ३२६ मतदातामध्ये महिला १ लाख ३ हजार ११८ र पुरुष ९८ हजार २०८ रहेका छन् ।

पाल्पामा ४५ जना उम्मेदवार रहनुभएको छ । १५ राजनैतिक दल र स्वतन्त्रका गरी ४५ जना उम्मेदवार रहेका छन् । प्रतिनिधिसभातर्फ २३ र प्रदेशसभातर्फ २२ जना उम्मेदवार रहेका छन् ।

 

स्केचः अनलाइन खबरबाट

Comments
Loading...