पाल्पामा ७८ बर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा १९ बर्षीय युवक पक्राउ

0 4,509

पाल्पा । ७८ बर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पा लुङग्री गाउँपालिका–७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माण कार्यमा लेबरको काम गर्दै आएका १९ बर्षीय शंकर बिकलाई बिहीवार पक्राउ गरेको छ ।

युवकले पिडितलाई असार १६ गते दिउँसो २.३० बजे घरमा कोही नभएको अवस्थामा मादक पदार्थ सेवन गरेर आई बृद्धामाथि बलात्कार प्रयास गरेको भन्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पिडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

Comments
Loading...