पाल्पामा ७ जना बन्दकर्ता पक्राउ

0 1,790

पाल्पा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरुद्ध नेपाल बन्दको क्रममा बन्द सफल गराउन सडकमा भेला भएका बन्दकर्ताहरुलाई प्रहरीले फागुन १६ गते दिउँसो तानसेन आन्दोलनचोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा माओवादी क्रान्तिकारी जिल्ला सेक्रेटरी लिला श्रेष्ठ, नेकपा (बिप्लव) का जिल्ला सेक्रेटरी भुवन जिसी, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक सुदिप बिक, नेकपा (बिप्लव) समूहका युवा समूहका जिल्ला उपाध्यक्ष बेद प्रसाद बिक, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लङक राना रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताउनुभयो ।

बन्दकर्ताहरुलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बन्दकर्ताहरुलाई प्रहरीको भ्यानमा राखेर प्रहरी कार्यालयमा ल्याइएको थियो । बन्दकर्ताहरुले भ्यानमा समेत एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

Comments
Loading...