पाल्पामा ९७ जनाको परीक्षण गर्दा ७३ जनामा कोरोना, एन्टीजेनबाट थप २० जना थपिए

0 726

पाल्पा । पाल्पामा सोमबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट ७३ जना र एन्टिजेन परीक्षणमा २० जना गरी ९३ जना कोरोनाका नयाँ विरामीहरु थपिएका छन् ।

९३ जनामा ४५ जना पुरुष र ४८ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पिसिआर विधिबाट ९७ जनाको परीक्षण गर्दा ७३ जनामा पोजेटिभ देखिएको हो यस्तै ४८ जनाको एन्टिजेन परीक्षणको क्रममा २० जनामा पोजेटिभ नतिजा आएको उनले बताए ।

Comments
Loading...