पाल्पामै पहिलो पटक उद्यम बिकास सहजकर्ताको अध्यापन सुरु

0 280

पाल्पा । जिल्लामै पहिलो पटक उद्यम बिकास सहजकर्ता कोर्ष अध्यापन सुरु भएको छ । झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल कलेजले पाल्पामा उक्त कक्षा संचालन गरेको हो ।

एक कार्यक्रमका बीच शिक्षालयको समुद्घाटन तथा नव आगन्तुक बिद्यार्थीलाई स्वागत गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले अहिलेको समय नै उद्यम गर्ने समय भएकोले उद्यमी निर्माणका लागि उद्यम बिकास सहजकर्ताहरुको महत्वपुर्ण भुमिका रहने बताए । मेयर शाहीले उद्यम बिकास सहजकर्ताको उत्पादन देशमै कम भएकाले पछिल्लो सममयमा स्थानीय तहमा काम गर्न असहज भएको अवस्थामा पाल्पा जिल्लामै यसरी कक्षा संचालन हुनुले दक्ष जनशक्ति उत्पादन हुने आशा लागेको बताए ।

समुदायका मानिसहरूलाई ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन गराई समाज रूपान्तरणका लागि उनीहरूको जीवनस्तरमा सुधार ल्याएर,आयमूलक क्रियाकलाप गरेर वा रोजगारी सृजना गर्नेमा उद्यम बिकास सहजकर्ताको भुमिका महत्वपुर्ण रहने शाहीले बताए ।समाजलाई अग्रगतिमा यसरी रोजगारी सृजना गरेर,आम्दानी बढाएर वा स्थानीय स्रोत साधनको सदुपयोग गरेर जीवनलाई रूपान्तरित गर्ने जनशक्ति नै उद्यम बिकास सहजकर्ता भएको मेयर शाहीको भनाई थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष सागर पोख्रेलले बिद्यार्थीहरुको रुची अनुसार शिक्षालाई वर्गीकरण गर्नु आबश्यक रहेको र यसलले शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिने बताए । अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएकाले यसलाई विविधिकरण गर्दै शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आबश्यक रहेको उनले बताए ।
कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले अहिलेको अवस्थामा बिद्यार्थीलाई किताबी ज्ञान मात्र होइन जीवन उपयोगी र ब्यबहारिक शिक्षा दिनुपर्नेमा जोड दिए । उनले अध्ययनपछि नेपालमै स्वरोजगार हुने खालको पढाई महत्वपुर्ण रहेको समेत बताए ।

कार्यक्रममा तानसेन नगरपालिका–१ का वडा अध्यक्ष राम प्रसाद बस्याल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारी, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना र उद्यमशिल सीप बिकास केन्द्रका कार्यक्रम संयोजक वीर बिक्रम सुनार लगायतले शुभकामना मन्तब्य राखेका थिए । झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल कलेजल उद्यम बिकास सहजकर्ता, पशु सेवा प्राबिधिक सहायक, सामुदायिक कृषि सहायक, ब्युटिसियन, टेलरिङ्ग लगायतका प्राविधिक बिषयहरुमा कक्षा संचालन गर्दै आएको छ ।

Comments
Loading...