पाल्पालीका लागि खुशीको खबर, आइपुग्यो पिसिआर मेसिन

0 1,514

पाल्पा । पाल्पामा पिसिआर मेसिन आएको छ । पाल्पा अस्पतालले जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा पिसिआर प्रयोगशालाका संरचना निर्माण गरि संचालन गर्न लागेको हो ।

प्रयोगशालामा ८ वटा कक्षसहित ६ वटा स्वास्थ्यकर्मी आवास तयार भइसकेको छ । अबको केही सातामा सम्पुर्ण मेसिन जडान कार्य सम्पन्न गरि पि. सि. आर चेक गर्न सुरु गरिने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । यो मेसिन मेसिन सञ्चालन भएपछि पाल्पा सहित छिमेकी जिल्ला र अर्घाखाँचीलाई पनि सहज हुनेछ । यो मेसिन सञ्चालनमा आएपछि अहिलेको अवस्थामा जस्तो स्वाब दिएपछि रिपोर्टका लागि धेरै दिन पर्खनुपर्ने समस्या समाधान हुने प्रदेश सभा सदस्य नारायण आचार्यले बताए ।
यसबारे जिल्ला अस्पतालले शनिवार बिहान पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम समेत राखेको छ ।

Comments
Loading...