पाल्पाली परिवार ओमनद्धारा ३ बिद्यालयमा अक्ष्यकोष स्थापना

0 380

पाल्पा । पाल्पाली परिवार ओमनले पाल्पा जिल्लाका ३ वटा विद्यालयमा अक्षय कोषका लागि रकम हस्तान्तरण गरेको छ ।

संस्थाले ३ वटै विद्यालयहरूमा पुगी १ लाख ३३ हजारको अक्षयकोष स्थापना गरेको हो । संस्थाले कुनसरे आधारभूत विद्यालय तानसेन–६ का लागि ४१ हजार, बालकन्या भगवती आधारभूत विद्यालय गडसालका लागि ४१ हजार र श्री महेन्द्र जनता प्राथमिक विद्यालय रिब्दिकोट पाल्पाका लागि ५१ हजारको अक्षयकोष स्थापना गरेको हो ।

रकम हस्तान्तरण गर्दै पाल्पाली परिवार ओमनका कोषाध्यक्ष शिव प्रसाद गैरेले पाल्पा जिल्लाको शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्य अनुसार यो अक्षयकोष स्थापना गरिएको बताए । उक्त कोषको ब्याजबाट गरिव तथा बिपन्न परिवारलाई जेहेन्दार बिद्यार्थीका लागि छात्रबृत्ति उपलब्ध गराइने उनले बताए ।

पाल्पा जिल्लाको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि गरिब र जेहेन्दार विद्यार्थीका लागि सहयोगार्थ यो अक्षयकोष यो वर्ष ३ वटा विद्यालय छनौट गरि खडा गरिको पाल्पाली परिवार ओमनका अध्यक्ष गणेश प्रसाद पाण्डेले बताए । कार्यक्रममा पाल्पाली परिवार ओमन पाल्पाका सदस्य दिल बहादुर रानाले संस्थाको स्थापनास“गै समाजसेवामा लागिरहेको बताए ।

कार्यक्रममा कुनसरे आधारभूत विद्यालयका प्रध्यनध्यापक इन्द्र बहादुर सारुले प्रवासीहरुले आफ्नो जन्मथलो प्रतिको माया र जिम्मेवारी सम्झी आफ्नो परिवारको गासकाटेर यसरी स्कुलमा अक्षयकोष स्थापना गरिएकोमा संस्थाप्रति धन्यवाद ब्यक्त गरे । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टिका बहादुर थापाले यो मानवधर्ममा लाग्नु भएकोमा पाल्पाली परिवार ओमनलाई धन्यवाद दिए ।

बालकन्या भगवती आधारभूत विद्यालयका अध्यक्ष दामोदर घिमिरे, प्रधानाध्यापक पुष्करनाथ रेग्मीले परोपकारी भावनाका साथ अगाडि बढ्दै गएको पाल्पाली परिवार ओमनलाई शुभकामना व्यक्त गर्दे यस कोषले विद्यालयमा पढ्न आउने गरिव तथा जेहेन्दार विद्यार्थीको हौसला मात्र नभई पढाईप्रति पनि रुची बढ्ने बताए । कार्यक्रम पाल्पाली कलाकार कमल भट्टराईले व्यवस्थापन गरेका थिए । कार्यक्रममा पाल्पाली परिवार ओमनका सदस्य ईश्वरी बस्याल र शिव डुम्रेको पनि सहभागिता रहेको थियो ।

Comments
Loading...