पाल्पाली संगम अमेरिकाको अध्यक्षमा भट्टराई

0 525

पाल्पा । अमेरिकामा रहेका पाल्पालीहरुले पाल्पाली संगम अमेरिका गठन गरेका छन् । जसको सभापतिमा महेश भट्टराई, बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य, उपाध्यक्षमा डा. सन्दिप पाण्डे, महासचिवमा परशु नेपाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा जितेन्द्र राना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अमृत भट्टराई, लक्ष्मण नेपाल, रश्मी भट्टराई, मिना जिसी, मधु नेपाल, मञ्जु कार्की, डिल्ली भुसाल रहेका छन् । त्यस्तै सल्लाहकारमा डा. रुद्र अर्याल र जगदीश काफ्ले रहेका छन् । संस्थाको यो शुरूवात अवस्था रहेको र छुट भएका मनकारी साथीहरूलाई जोड्दै लैजाने अध्यक्ष भट्टराईले बताए ।

संस्थाले कोभिडको महामारीबाट आहत छटपटिएका अवस्थामा अमेरिकामा रहेका पाल्पालीहरू एक भै जन्मभुमी पाल्पाको लागि कोभिड सामग्रीहरू पठाईएका थिए । काम गर्न सहजताको लागि पाल्पामा हरेक पालिका बाट प्रतिनिधित्व हुने गरि एक टिम बनाउने योजना समेत रहेको अध्यक्ष भट्टराइले बताए ।

अमेरिकामा रहेका पाल्पालीहरू लाई एक जुट गराउदै आपसमा परिचय र सहयोग गर्दै शंभव भए सम्म पाल्पामा दिर्घकालिन केहि ठोस कदम चाल्ने योजना रहेको उनले बताए । पाल्पाबाट अमेरिकामा रहेका सबै पाल्पालीहरू जोडिन समेत उनले आग्रह गरे ।

Comments
Loading...