पाल्पाली समाज पोखराद्वारा राहत कोषमा १ लाख २० हजार सहयोग

0 200

पोखरा । पाल्पाली समाज पोखराले कोभिड–१९ बाट उत्पन्न असहज परिस्थितिमा सरकारको विपद् व्यवस्थापन कोषमा १ लाख २० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।


समाजमा आवद्ध सदस्यहरुको मूलघर पाल्पाका सबै १० वटै स्थानीय तहमा १ लाख र कर्मथलो पोखरास्थित पोखरा महानगरपालिकालाई २० हजार सहयोग गरेको हो ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका तानसेन र रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, बगनासकाली, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको लागि १०,१० हजार रुपैयाँ बैंकमार्फत राहत कोषमा पठाइएको जानकारी दिए ।


यसैगरी, शुक्रबार नै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई समाजका अध्यक्ष घिमिरेले २० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । जसमध्ये समाजको १० हजार र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थातर्फबाट १० हजार रहेको छ ।
महानगर कार्यालय परिसरमा भएको रकम हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार खेम सारु र प्रेस सल्लाहकार विजय नेपालको पनि उपस्थिति थियो ।


समाजले पाल्पा मूल भै पोखरामा कठिन अवस्थामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर पाल्पालीहरुलाई समेत लकडाउनका बेला खाद्यसामग्री सहयोगको व्यवस्था मिलाएको छ ।

Comments
Loading...