पाल्पाली समाज युएइको अध्यक्ष ओम कुमारी खाँण

0 363

राजा बगर । युएई
पाल्पाली समाजको युएइको तेश्रो अधिबेशन सप्पन्न भएको छ । कोभिड पछि हुन नसकेको अधिबेशन भब्य र सभ्यताको साथमा सम्पन्न हुनुका साथै ओम कुमारी खाँणको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन भएको । पाल्पा जिल्लाबाट युएईको विभिन्न शहरमा कर्मथलो बनाउदै आउनु भएका पाल्पालिहरुले युएईमा मात्र नभै देश र आफ्नो जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका छन ।

अधिवेशन सम्पन्न गर्नका लागि समाजले निर्वाचन समिति संयोजक कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समिति उपसंयोजक खुम बहादुर आले, निर्वाचन समिति सदस्य बरुण खनाल रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्पाली समाजका पुर्व अध्यक्ष तथा हाल नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल र नेपाली समाजका राम मोक्तान अथितिको रुपमा रहनुभएको थियो ।

पुर्नगठन भएको नयाँ कार्यसमितिको अध्यक्ष ओमकुमारी खाँण, बरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल, प्रथम उपाध्यक्षमा गुम बहादुर राम्जाली, उपाध्यक्षमा बिष्णु प्रसाद बस्याल, उपाध्यक्षमा अमित बिश्वकर्मा, उपाध्यक्षमा कृष्ण प्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा सीता बस्याल र महासचिवमा खुम प्रसाद न्यौपाने, सचिवमा तिलकराम बस्याल, डिल्लीराज भट्टराई, सहसचिवमा राजु बस्याल, सहकोषाध्यक्षमा टंक परियार र प्रवक्तामा दिनानाथ गैरे रहनुभएको छ । कोषाध्यक्षमा डिल्लीराज भट्टराई, सहसचिवमा राजु बस्याल, सहकोषाध्यक्षमा टंक परियार र प्रवक्तामा दिनानाथ गैरे रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा राजेश अधिकारी, पदम प्रसाद गैरे, शेष नारायण बन्जाडे, मन बहादुर नेपाली, शंकर प्रसार गैरे, नारायण पराजुली, राम चन्द्र ढकाल, माया बश्याल सापकोटा , कालिदास बश्याल, जीवन बश्याल, एक देव बश्याल, सोमनाथ सापकोटा, राजेश गैरे रहनुभएको छ ।
२ जना उपाध्यक्ष, सह सचिव, सदस्यहरु, संस्कृति बिभाग, खेलकुद बिभाग र आवश्यकता अनुसार बिभिन्न बिभागहरु संरक्षक, उपसंरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकार कार्यसमितिको बैठकले मनोनयन गर्न सक्नेछ ।

Comments
Loading...