पाल्पा कांग्रेसमा पौडेल पक्षकै बर्चस्व

0 321

पाल्पा । नेपाली कांग्रेस पाल्पा अन्र्तगत प्रदेश र क्षेत्रमा भएका निर्वाचनहरुमा पौडेल पक्षले बर्चस्व जमाएको छ ।

पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानमा दुवै क्षेत्रमा रामचन्द्र पौडेल निकट नेताहरु बिजयी भएका छन् । प्रधानमन्त्री समेत रहनुभएका देउवा पक्ष निकै कमजोर देखिएको छ । जसका कारण देउवा पक्षका उम्मेदवारहरु बिजयी हुन सकेनन् । कांग्रेस पाल्पा सभापति वीर बहादुर रानाको पक्षका उम्मेद्वारहरु विजयी भएका छन् । पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरी नेपाल पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए ।

पाल्पा क्षेत्र नं २ को मत संख्या ७ सय ४ रहेकोमा सभापतिमा पौडेल पक्षका मुक्तिराम जिसीले ४६० ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्धन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेका छन् ।

यस्तै पदाधिकारी भने निर्विरोध निर्वाचित भएको हो । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ वीर बहादुर राना ५४४, हिमाल दत्त श्रेष्ठ ५२३, कृष्ण प्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजर सिंह केसि ४७३, लालकुमारी राना ४३८, शंकर रायमाझी ४३०, विधान प्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिना ४२१, रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रिय महाधिवेशन प्रतिनिधि ( आ.ज. खुल्ला तर्फ) राजेन्द्र गोपाल सिंह –५०६, कृष्ण बहादुर राना– ४९०, नल बहादुर राना मगर – ४८५ केन्द्रिय महाधिवेशन प्रतिनिधि ृ दलित तर्फ) लक्ष्मण हिताङ – ४३७ मत सहित विजयी भएका हुन् ।

जिल्लाका नेताहरू दुइ गुटमा विभाजन हुँदा सहमति हुन नसकेको हो । वर्तमान सभापति वीर बहादुर राना पक्षिय नेताहरू विजयी भएको बताइएको छ । दुइ क्षेत्रमा पाल्पाबाट ५३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित समेत हुनेछन् । जिल्ला अधिवेशन मंसिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली काँग्रेस, पाल्पाको सभापति पदका लागि समेत छलफलहरू अगाडी बढेका छन् ।

जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको निर्वाचनका लागि समेत क्षेत्रबाट प्रतिनिधि हुनेपर्ने प्रावधानका कारण यस निर्वाचनलाइ महत्वपूर्ण रूपमा हेरिएको छ । यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी हुनुभएको छ । उहाँले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बोम्रेलले ११२ मत प्राप्त गर्नुभएको छ ।

Comments
Loading...