पाल्पा जिल्लाभर मादक पदार्थ बिक्री तथा सेवनमा रोक

0 169

पाल्पा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पाल्पामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाउने निर्णय भएको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति पाल्पाको बैशाख २५ बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्मको लागि मदिरा जन्य पदार्थ बेच्न र खान नपाइने निर्णय गरिएको पाल्पाको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा जारी बिज्ञप्तिमा स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) र जिल्ला निर्वाचन सुरक्षा समिति पाल्पाको बैशाख २५ को बैठक अनुसार बैशाख २७ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको उल्लेख छ । प्रशासनले सो समयमा मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु नगराउनुहुन अनुरोध गरेको छ ।

साथै, कोही कसैबाट यो सुचनाको आदेश विपरितको कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी प्रशासनले दिएको छ ।

Comments
Loading...