पाल्पा दरबार संग्रहालयमा पर्यटकको चहलपहल बढ्यो

0 464

पाल्पा । कोरोना महामारी कम भएसगै पाल्पा दरबार संग्रहालयको अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारीको समयमा सुनसान भएको पाल्पा दरबार संग्रहालय र संग्रहालय परिसरमा अहिले पर्यटकहरु बढेका छन् ।

पछिल्लो समय पाल्पामा आन्तरिक पर्यटकहरु आउने क्रम बढेसँगै दरबार संग्रहालयको अवलोकनकर्ता समेत बढेका हुन् । पाल्पा आइपुगेका पर्यटकहरु एक पटक पाल्पा दरबार संग्रहालयमा आउन, अवलोकन गर्न र दरबारस“गै उभिएर तस्बिर खिच्न मन पराउने गरेका छन् । जसका कारण पाल्पाको पर्यटन गरिमा बढ्दै गएको छ ।

प्रतापशमशेर राणाले विसं १९८३ मा दरबारलाई बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा पाल्पा दरबार निर्माण गराएका हुुुुन् । प्रतापशमशेरको मृत्युुुु भएपछि केही समय प्रयोगविहीन भएको दरबारलाई राजा महेन्द्रले २०१५ सालमा प्रशासनिक कार्यालयका रूपमा सञ्चालन गराएका थिए । २०६२ माघ १८ गतेसम्म कार्यालय सञ्चालन भएको दरबार तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणमा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । उक्त दरबारको पुर्ननिर्माणपछि यहा संग्रहालय सञ्चालनमा ल्याइएको हो ।

७ रोपनी १४ आना क्षेत्रफलमा रहेको पाल्पा दरबार संग्रहालयमा ५८ कोठा २ बुुुुर्जा छन् । क्षतिग्रस्त हुुुुनुुुु भन्दा अगाडि पाल्पा दरबारमा जिल्ला मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान, नेपाल स्काउट, ग्रामीण खानेपानी र प्रमुख जिल्ला अधिकारीको निवासका रूपमा प्रयोग हु“दै आएको थियो ।

पुर्ननिर्मित पाल्पा दरबारलाई २०७२ मंसिर ३ गते पाल्पा दरबार संग्रहालयको रुपमा बिकास गरिएको हो । दरबार लगायत मुल ढोका, रणउजीरेश्वरी भगवती मन्दिर, शित्तलपाटी दरबार क्षेत्रका महत्वपुर्ण आकर्षण भएकोले उक्त दरबारलाई संग्रहालयको रुपमा बिकास गर्नुपर्ने आम पाल्पालीहरुको धारणा बमोमिज उक्त दरबारलाई संग्रहालयको रुपमा बिकास गरिएको हो । पाल्पा दरबार दरबार संग्रहालयमा अहिले पाल्पा सहित बिभिन्न जिल्लाका महत्वपुर्ण फोटोहरु प्रदर्शनीका लागि राखिएको छ । नेपाली सेनाले पनि यहा ऐतिहासिक फोटोहरु राखेको छ । नेपाली सेनासितको समन्वयमा सैनिक संग्रहालय निर्माण कार्य सम्पन्न भई प्रदर्शनीमा राखिएको छ । दरबार संग्रहालयमा यस क्षेत्रमा प्राचीन जातिको रुपमा चिनिने मगरहरुको संस्कृतिसित सम्बन्धित बिभिन्न बस्तुहरु प्रदर्शनमा राखिएको छ । जसले मगर जातिको बारेमा जानकारी लिन सहज बनाएको छ । साथै पाल्पा क्षेत्रमा पाइने परम्परागत बिभिन्न सा“स्कृतिक बस्तुहरु जस्तै ठेको ठेकी, धैटा, कोदालो, फरुवा, हलो, जुवा तथा काट्ने खन्ने बिभिन्न औजारहरु, प्रदर्शनीमा राखिएको छ ।

अहिले पाल्पा दरबार संग्रहालय परिसरमा समेत आकर्षक बगैचा निर्माण गरिएको छ । जसबाट पनि पाल्पा आउने पर्यटकहरु आकर्षित भएका छन् । त्यस्तै दरबारको अगाडि संग्रहालयको अवलकोन कर्ताहरुका लागि आराम गर्नका लागि बेन्च समेत राखिएको छ । पछिल्लो समय पाल्पाको पर्यटन प्रवर्धनका लागि बिभिन्न कार्यक्रमहरु हु“दै आएका छन् ।

तानसेन नगरपालिकामा गठित पर्यटन बिकास समितिले हालै पाल्पा पर्यटन सम्बन्धी ब्रोसर तयार पारेको छ । उक्त ब्रोसरलाई चाइनिज भाषमा समेत प्रकाशन गरिने तानसेन सित भगिनी सम्बन्ध रहेको चीन लासानमा समेत पठाइने तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताए । तानसेनको खास बिशेषता भनेकै पर्यटन भएकोले पर्यटकीय नगरको रुपमा बिकास गर्ने गरि तर्सो सडक सहित आसपासमा ढुंगा छाप्ने काम भएको छ । तानसेन पर्यटकीय नगर भएको र यहा थुप्रै पर्यटक भित्र्याउन सकिने र त्यसका लागि प्रचार प्रसारको खाचो रहेकोले पाल्पाको पर्यटन समेटिएको ब्रोसर तयार गरि बितरण गरिएको तानसेन पर्यटन बिकास समितिका संयोजक सागरमान महर्जनले बताए ।

तानसेनको पर्यटन प्रवर्धनका लागि होम स्टे सहित यहाका होटल ब्यवसायीहरुले समेत राम्रो सहयोग गर्दै आएका छन् । तानसेन पर्यटकीय शहर भएकोले पर्यटकीय सम्भावना बढी रहेको छ । तस्बिर गुगल

Comments
Loading...