पाल्पा निस्दीको अर्चले र रम्भाको ताहुँ बजार क्षेत्र पनि शिल गरियो

0 455

पाल्पा । निस्दी गाउँपालिका–६ का वडाध्यक्ष र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्चले वडा क्षेत्र बैशाख २० गतेबाट २४ गते सम्मका लागि शिल गरिएको छ । बैशाख २० गते बिहान सरोकारवालाहरुको बैठकले उक्त निर्णय कार्यबाहक अध्यक्ष मिम्श्री बयम्बुले बताइन् ।

त्यस्तै बैशाख १९ गते स्थानीय ८६ बर्षीय कोरोना संक्रमित पुरुषको निधन भएपछि रम्भा गाउँपालिका को २ महत्वपुर्ण बजार ताहुँ बजार र अगाहखोलाको लसुने बजार बैशाख २६ गतेसम्मका लागि शिल गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए ।

त्यस्तै रम्भा गाउँपालिका वडा नंं ५ को ताहुँमा प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ मा कार्यरत कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पूर्वमा काउले पानी , पश्चिममा जनता प्रा वि., उत्तरमा नाचनडाँडा र दक्षिणमा माथिल्लो मलेङ्ग चौपारिको क्षेत्र यहि आउदो मिति २०७८ बैशाख २५ गते सम्मका शिल गरिएको वडा नं ५ का वडा अध्यक्ष खुमकान्त बस्यालले बताए ।

Comments
Loading...