पाल्पा बुटवल सडक दैनिक ३ घण्टा बन्द

0 1,191

पाल्पा । पाल्पा बुटवल सडक खण्ड अन्र्तगतको सिद्धार्थ राजमार्ग सोमबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।
राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड असोज २९ सम्म बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुने छ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नु परेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताए । बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको उनले बताए ।

केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएका कारण बाटोमा सहज सवारी गुड्न समस्या भएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए ।

Comments
Loading...