पाल्पा ब्यापार संघका प्रथम उपाध्यक्षद्धारा भाडा छुटको घोषणा

0 629

पाल्पा । पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष बामदेव बस्याल र श्रीमती लक्ष्मी कुमारी न्यौपाने तथा बस्याल परिवारले तानसेन नगरपालिका ३ मा रहेको घरमा डेरा गरि बस्नेहरुलाई चैत महिनाको भाडा छुट दिने घोषणा गरेका छन् ।


अहिले विश्वभर कोभिड १९ कोरोना भाईरसले सबैलाई आपत बिपद परेको बेला नेपाल र नेपाली दाजु भाई,दिदी बहिनीहरूलाई सानो सहयोगले थोरै भए पनि राहत मिलोस भन्ने अपेक्षा सहित यो छुटको घोषणा गरिएको बस्याल परिवारले जनाएका छन् ।


आफ्नो घरमा हाल ६ वटा कोठा भाडामा रहेको र सबै कोठाहरुको भाडा चैत महिनाको लागि छुट गरिएको बस्याल परिवारले जनाए ।

Comments
Loading...