पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार सकियो

0 440

पाल्पा । पाल्पाको प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य लगभग सकिएको छ । रिब्दीकोट गाउँपालिका वडा न ४ भैरवस्थानमा रहेको भैरवनाथ मन्दिर मन्दिरको जिर्णाेद्वार काम सम्पन्न भए पश्चात् देबी माईको नयाँ मुर्तिको प्राण प्रतिष्ठा सहित विशेष क्षमा पुजा गरिने हुदा भक्तजनलाई कार्यक्रममा उपस्थित हुनका लागि मन्दिर व्यवस्थापन समितिले अनुरोध समेत गरेको छ ।

यही चैत्र २८, २९ र ३० गते देबी माईको नयाँ मुर्ति प्रतिष्ठा तथा विशेष पुजा आराधना गरिने तथा बैशाख १ गते नयाँ बर्षको अवसरमा देबी माईको मुर्ति स्थापना गरिने भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो । क्षमा पुजा गरि पञ्चेबाजा बजाई पञ्चबली सहित विशेष पुजा आराधना गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । भैरवस्थान मन्दिर यस क्षेत्रमा प्रख्यात रहेको छ । मन्दिरमा पुजा गर्नका लागि धेरै जिल्लाहरूमा भक्तजनहरू आउने गर्दछन् ।

मन्दिर पुरानो भएकोले हाल मन्दिरको जिर्णाेद्वारको कार्य गरिएको हो । भैरवस्थान मन्दिरलाई एसियाकै सबै भन्दा ठुलो त्रिशूल रहेको मन्दिरको रुपमा चिन्ने गरिन्छ । मन्दिरमा बिशेष गरि काल भैरव,माईको पुजा आराधना गर्ने गरिन्छ । हाल मन्दिर नजिकै जिपलाइन पनि सञ्चालन गरिएको छ ।

Comments
Loading...