पाल्पा समाचारपत्रका प्रधानसम्पादक भण्डारी राससमा नियुक्त

0 609

पाल्पा । पाल्पा समाचारपत्र तथा पाल्पा समाचार डटकमका प्रधानसम्पादक भगवान भण्डारी नेपाल सरकारद्धारा राष्ट्रिय समाचार समितिको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् ।

उनलाई नेपाल सरकारले उक्त पदमा नियुक्त गरेको हो । पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका भण्डारी देशका बिभिन्न संचार माध्यमहरुमा रही पत्रकारिता तथा मानवअधिकार क्षेत्रमा २५ बर्षदेखि सक्रिय रहँदै आएका छन् ।

बगनासकाली ५ दर्लमडाँडाका स्थायी बासिन्दा भण्डारी बहुचर्चित चिलाङदी चापपानी राम्दी सडकका अध्यक्ष समेत हुन् । प्रधानसम्पादक भण्डारीप्रति पाल्पा समाचारपत्रको तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

Comments
Loading...