पुर्वखोलामा पालिका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

0 280

छवि पंगेनी । पुर्वखोला

पुर्वखोला गाउँपालिका शिक्षा शाखा पाल्पाले पालिका स्तरिय प्राथमिक तह अन्तर्गत अन्तर पालिका स्तरिय चित्रकला प्रतियोगिता जनपृय मा वि पुर्वखोला –६ हेक्लाङमा सम्पन्न गरेको छ ।

चित्रकला प्रतियोगितामा किसान प्रा.वि सिलुवाका पुष्पा खाम्चा पहिलो, अकला आ वि सिलुवाका शिव जर्घा दोस्रो र मतृभुमी मा वि देविनगरका गौतम मश्राङ्गी तेस्रो भएका छ्न । त्यस्तै शैक्षिक सत्र २०७८ को आधारभुत तहमा सर्बोकृट हुने छात्र शारदा आ वि सिलुवा का हेम कुमार सारु र छात्रातर्फ गणपति मावि बिरकोटका प्रेरण श्रेष्ठ र सरस्वती मा वि जल्पा खौरेनीकि आयुषा न्यौपाने, त्यस्तै गरि गरि दलित तर्फ छात्र जनमार्ग मावि पुर्वखोला १ सिलुवाका ओम बहादुर सार्की जनप्रिय मावी हेक्लाङका नवीन परियारलाई पालिका स्तरिय आधारभुत तह स्तरिय परीक्षा २०७८ को सर्वोत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीको रुपमा घोषणा गरिएको थियो ।

उत्कृष्ट बालबालिकाहरुलाई पुर्वखोला गाउँपालिका शिक्षा शाखा पाल्पाले नगद र प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगिरथी भट्टराईले यस्ता कार्यक्रमहरुले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा उजागर हुनुका साथै आगामी दिनमा उल्लेखनिय उपलब्धि हुनेमा जोड दिनुभयो । कार्यक्रममा उपाध्यक्ष भट्टराईले प्रतियोगितामा सफल हुने विद्यालय र बालबालिकाहरुलाई सफलताको शुभकामना दिदै आगामी दिनमा अझ अब्बल र सक्षम हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अथिती पुर्वखोला गाउँपालिका प्रशासकीय अथिकृत मान बहादुर सारुले पुर्वखोला गाउँपालिका शिक्षा शाखाले गरेका यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुका साथै बालबालिकाको उच्च मुल्यांकन हुने बताउनु भयो । कार्यक्रम पुर्वखोला गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगानाको अध्यक्षतामा चलेको हो ।

Comments
Loading...