प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी रहने

0 157

पाल्पा । यही साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको ९ औं केन्द्रीय महाधिवेशनमा पाल्पाका पत्रकार माधव अर्यालले केन्द्रीय सचिवमा उम्मेदवारी दिने जनाउनुभएको छ ।

लामो समयदेखि युनियनको केन्द्रीय सदस्य पदमा रहेका अर्यालले युनियनको सृदृढीकरण र विविध समस्याबाट गुज्रिदै आएका मिडियाको उत्थानसँगै पत्रकारहरुको संरक्षणका लागि सचिव पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो । अर्यालले हाल कान्तिपुर दैनिकको उप सम्पादक पदमा रहेर पाल्पाबाट पत्रकारिता गर्दै आउनुभएको छ ।

 

Comments
Loading...