फोक्सिङकोटको रानीबासमा आदिवासी संग्रहालय बन्दै

0 959

एवत सारु । (रम्भा) पाल्पा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आदिवासी जनजाति सॉस्कृतिक संग्रहालयको निर्माण कार्य तथा प्रगतिको अनुगमन कार्य सम्पन्न भएको छ ।

रम्भा गाउपालिका २, फोक्सिङ्गकोटको रानीबासमा निर्माणाधीन सॉस्कृतिक संग्रहालय निर्माण कार्यको अनुगमन तथा निरीक्षण गर्न मन्त्रालयका कर्मचारी तथा रम्भा गाउ‘पालिकाका प्राविधिक कर्मचारीहरुले अनुगमन गर्नु भएको हो । वडाका जनप्रतिनिधिहरु, स्थानीयवासीहरुको उपस्थितीमा निरीक्षण कार्य सम्पन्न भएको वडा अध्यक्ष उमानसिं सारुले बताउनु भयो । निरीक्षण कार्यमा उडड्यन मन्त्रालयका प्राविधिक केशव थापा, रम्भा गाउ‘पालिकाका अधिकृत भक्तुजङ्ग राना, प्राविधिक सबिन क्षेत्री, वडा अध्यक्ष उमानसिं सारु लगायतको टोली खटिएको थियो ।

रम्भा गाउपालिका वडा नं. २ रानीबासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा रम्भा गाउ‘पालिकाको संयुक्त पहलमा आदिवासी जनजाति सॉस्कृतिक संग्रहालय निर्माण कार्य हुदै छ । योजना सम्पन्न गर्न १ करोड ५ लाख रुपिया विनियोजन भएको रम्भा गाउ‘पालिकाका अधिकृत भक्तुजङ्ग रानाले बताउनु भयो । निर्माण गर्न रम्भा गाउ‘पालिकाबाट ३१ लाख रुपिया तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ७४ लाख रुपिया विनियोजन भएको छ ।

योजना कार्यान्वयन गर्न निर्माण कार्य गर्न कार्की ब्रदर्श कन्सट्रक्सनले जिम्मा लिएको र तोकिएको मापदण्ड अनुसार समयमा नै निर्माण कार्य सम्पन्न गरिने कार्की कन्सट्रक्सनका केशव पौड्यालले बताउनु भयो । यसै वर्षको पुस महिना सम्ममा सबै काम सकिने लक्ष्य रहेको छ ।

आदिवासी जनजातिहरुको सॉस्कृतिक पक्षको जगेर्ना गर्न संग्रहालय स्थापन गर्न लागिएको रम्भा गाउ‘पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । रम्भा गाउपालिकामात्र नभई देश भरिकै आदिवासीहरुको पहिरन, भेषभुषा, औजार, सामाग्री, बाजा, परम्परागत घरायसी सामानहरुको संग्रहालयमा संकलन गरि अवलोकनको लागि राखिने अध्यक्ष भण्डारीले बताउनु भयो ।

Comments
Loading...