फोक्सिङकोटमा बेपत्ता मध्ये २ जनाको शव भेटियोः अन्यको खोजी कार्य जारी

0 485

एवतकुमार सारु । (रम्भा) पाल्पा

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका २ जनाको शव फेला परेको छ । बेपत्ता मध्ये अन्य ३ जनाको खोजी कार्य जारी रहेको छ ।

१६ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया खुमिसरा आलेको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीवार बिहानपख पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा,उनका श्रीमती ४७ वर्षिया धनी सरा, छोरी ७ बर्षिया नातिनि लक्ष्मी गाहा अझै बेपत्ता रहेका छन् । उनीहरुको अहिले पनि खोजी कार्य जारी रहेको छ ।
खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागिपरेका छन् । बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहान बाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको हो ।

बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया मोतीसरा गाहाको पनि ज्यान गएको थियो । गर्भवती रहेकी गाहाको हिजै शब भेटिएको थियो । पहिरोका कारण बेलौजा गाउँका १७ घर अति जोखिममा भएकोले छिमेकीको घरमा राखिएको छ ।

Comments
Loading...