फोक्सिङ्कोटको मिक्डी कोनको बाटो तिहार लागिसक्दा पनि खुलेन

0 352

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिका वडा नं २ फोक्सिङ्गकोटका वासिन्दाले सडक अवरुद्घ हुदा लामो समय देखि सास्ती खेप्नु परेको छ । दशैं पछि आएको वर्षातले फोक्सिङ्गकोटको रिमीघा लेकको काखमा रहेको मिक्डी कोनमा गएको पहिरो अझ सम्म पनि झरीरहेकोले बाटो खुल्न नसकेको हो ।

रिमीघा लेकको टिमुर डॉडा र नम्ताहा गाउको बिचमा पर्ने मिक्डीकोनमा बाटो सॉगुरो भएको र वर्षातको बेला माथिबाट खसेको पहिरोले बाटोको जग समेत लगेपछि लामो समय देखि बाटो अवरुद्घ थियो । दशैं भन्दा केही दिन अगाडि मात्र खोलेको बाटो एक साता नहुदै फेरि पहिरो गए पछि स्थानीय वासीन्दालाई दुख भएको छ । स्थानीय नम्टाहा, बोरोङ्गसे, लॉबे, खर्केहान, बोलोङ्गझे, गाबुडॉडा लगायतका गाउका मानिसहरु सामान किनमेल गर्न ताहु बजार जान सकेका छैनन । सडक त अवरुद्घ भयो भयो पैदल हिंड्ने बाटो समेत नहुदा दैनिकीमा नराम्रो असर पारेको छ ।

अतिरिक्त हुलाक कार्यालयका कर्मचारीलाई दिनहु ताहु चिठी पत्र लिन र छोड्न जान पहरामा झुण्डीएर जानु पर्ने बाध्यता भएको हुलाकी मनबहादुर सारुले बताउनु भयो । ताहुको रम्भा माविमा अध्ययन गर्ने विद्यार्थी समेत जान आउन कठिनाई भए पछि बाध्य भएर ताहुतिर डेरा गरेर बस्नु परेको स्थानीय बताउछ्न । तिहार आई सक्दा मानिसहरुको आउजाउ बढे पनि बाटो नहुदा सास्ती भएको छ । दिनहु ठुला ठुला ढुङ्गा खसिरहेकोले पहिरो सफा गर्न नसकिएको फोक्सिङ्गकोटका वडा अध्यक्ष उमानसिं सारुले बताउनु भयो । वर्षात रोकिए पनि पहिरो झरी रहेकोले बाटो खोल्ने काम तत्कालै गर्न जोखिमपुर्ण भएको ताहुका प्राविधिक दिपक सारुले बताउनु भयो ।

Comments
Loading...