फोक्सिङ्कोटमा बन्यो झोलुङ्गे पुल

0 1,311

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । फोक्सिङ्गकोटको लॉबे गाउँ र पिपर्दी गाउको बिचमा रहेको अर्चले खोलामा बनेको पुल निर्माण कार्य सम्पन्न भएको हो । पुल निर्माण कार्य सम्पन्न भएपछि स्थानीयवासीलाई प्रत्यक्ष फाईदा पुगेको छ ।

लॉबे, बोलोङ्गझे, खर्केहान, पिपर्दी, थुम्का, सुरुमडॉडाका जनतालाई अर्चले खोला तर्न सजिलो भएको रम्भा गाउ‘पालिका २ का वडा सदस्य दुर्गा बहादुर थापाले बताए । यहॉका करिब १५०० जनतालाई पुल बनेपछि एक गाउबाट अर्को गाउमा पुग्न बाटो छोटो हुनुका साथै घासपात गर्न जानेहरुलाई सजीलो भएको छ ।

पुल निर्माण गर्न रम्भा गाउ‘पालिकाको १ लाख ९२ हजार रुपिया तथा इन्द्रेणी समाज केन्द्र झिरुवासको २६ लाख ५३ हजार रुपिया खर्च भएको थियो । गत वर्ष पुस महिनामा योजना सम्झौता भई एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुरुप इन्दे्रणी समाज केन्द्रको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । ७१ मिटर लम्बाई भएको पुल निर्माण भए संगै स्थानीय वासीलाई आवतजावत गर्न सजिलो भएको र जस्तो सुकै झरीमा समेत एक गाउ‘बाट अर्को गाउ‘मा पुग्न सहज भएको वडा अध्यक्ष उमानसिं सारुले बताए ।

Comments
Loading...